Showing posts with label मनोरन्जन. Show all posts
Showing posts with label मनोरन्जन. Show all posts

Saturday, 1 September 2012

लभलेटर/केकी अधिकारी (नायिका)


आजको युवापुस्ता प्रेम र सेक्समा उदार हुँदै गएको छ। स्कुलमा सानो कक्षादेखि नै प्रेमपत्र लेख्ने र गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड बनाउने चलन बढ्न  थालेको छ। अर्काको देखासिकी भए पनि प्रेमपत्र लेख्ने र प्रतिउत्तर दिने चलनले सबैजसोका ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड देखिन्छन्। यद्यपि मलाई  अझैसम्म प्रेमपत्र आएको छैन। प्रेमपत्र नआउँदा म अनाकर्षक पो छु कि भन्नेसम्म परेको थियो। अहिले लाग्छ, मलाई प्रेमपत्र नआउनुको  कारण अर्कै रहेछ। 
मेरो बुवा बद्री अधिकारी पेसाले कलाकार-निर्देशक भए पनि उहाँको आफ्नो विद्यालय पनि छ। बुवाले त्यसको व्यवस्थापन हेर्नुहुन्छ भने ममी  त्यसको प्रिन्सिपल हुनुहुन्छ। अरूको तुलनामा हाम्रो विद्यालय अनुशासनमा निकै कडा मानिन्छ। प्रिन्सिपलदेखि सबै विद्यार्थी थर्कमान हुन्छन्। म  त्यही विद्यालयकी विद्यार्थी भएकाले मलाई घरमै विद्यालयको अनुशासनका सम्बन्धमा सम्झाइन्थ्यो। म विद्यालयमा प्रिन्सिपल म्यामकी छोरी हुँ  भन्नेसम्म बिर्सन्थे।

Saturday, 25 August 2012

'रात बिताउन लाखको अफर आयो'


susma karkiनेपाली समाज यौनका सम्बन्धमा कुण्ठित छ। कतिपय मनोविश्लेषक भन्छन्, 'नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर-दुर  गर्छन्, भित्र भने यौनबाहेक केही  सोच्दैनन्।' यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। केही समययता नेपाली चलचित्रकी हट  नायिकाको सूचीमा दरिएकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि थिए। उनी पनि के कम, आफ्ना  शुभचिन्तकहरू जे चाहन्छन् उनी त्यो पूरा गर्न पछि पर्दिनन्। मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट  सुष्माले अश्विनी कोइरालासँग बाहिरी दुनियाँका विषयमा त बोलिन् नै, आफ्ना केही आन्तरिक रहस्य पनि खोलिदिइन्।
सुष्मा कार्की राम्री कि हट ?

आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो।

तैपनि ?

दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा।

यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ?