Showing posts with label जानकारी. Show all posts
Showing posts with label जानकारी. Show all posts

Monday, 27 August 2012

आफ्नो हात हेर्नुस्, भाग्य जान्नुहोस्


ज्योतिषका अनुसार हस्तरेखा भविष्य जान्नको लागि सबैभन्दा उचित विद्या हो । हात हेरेर मानिसको भूत, भविष्य र वर्तमान जान्न सकिन्छ । साथै हातको बनावटको हेरेर मानिसको स्वभाव तथा उसको विचार पनि जान्न सकिने ज्योतिषहरु बताउँछन् । हस्तरेखाको अध्ययनमा हातको छोटा छोटा कुराले पनि गहिरो महत्व राख्दछ । जस्तो औलाको बनावट कस्तो छ ? भन्ने आधारमा त्यो व्यक्तिको स्वभाव अन्दाज लगाउन सकिन्छ । 

जान्नुहोस् तपाईको औलाले के बताउँछ ?
ज्योतिषका अनुसार तपाईको चोर औलाको तलको भाग, जसलाई गुरु पर्वत या गुरुको औला पनि भनिन्छ, ले व्यक्तिको नेतृत्व क्षमता, महत्वकांक्षा आदिको बारेमा जान्न सकिन्छ । 

Sunday, 26 August 2012

एसएमएस अरूले हेर्लान् नि !


काठमाडौं, भाद्र ११ - मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश आदानप्रदान गर्न थाल्नु भएको छ भने एकचोटि सोच्नुस् । तपाईंको सन्देशको गोपनीयता नरहन सक्छ । तपाइर्ंले सेयर गर्नु भएको खबर थाहा पाउन नहुनेकहाँ पुग्न कत्ति बेर छैन ।   
न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न बनाइएको टोलीले ५ लाखवटा फोनको कल डिटेल र ३० हजारवटाको एसएमएस डिटेल लिएको थियो । प्रहरीले बम हत्याको कुनै सुराक पत्ता लगाउन नसकेपछि यसरी ठूलो संख्यामा कल/ एसएमएस डिटेल रिपोर्ट (सीडीआर) लिएको थियो । तर पनि प्रहरीले बम हत्याको त छेउटुप्पो थाहा पाउन सकेको छैन । तर एसएसएम डिटेलमा आदानप्रदान भएका सन्देश केही प्रहरीका लागि मनोरन्जन गर्ने साधन भएको छ । बेलुकीपख वरिष्ठ अधिकृतहरू कार्यालयबाट बाहिरिएपछि प्रहरी कनिष्ट अधिकृतहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बनाइएको अनुसन्धान कक्षमा जम्मा भएर एसएमएस पढ्छन् । सम्बद्ध स्रोतका अनुसार प्रेम र यौन सम्बन्धसँग जोडिएका एसएमएस सन्देश खुवै पढिने गरेको छ । यसबाहेक व्यापारिक डिल पनि रोचक हुने गरेको छ ।